काठमाडौं–नुवाकोट उद्योग वाणिज्य संघको निर्वाचनमा कांग्रेस निकट अध्यक्ष पदका उम्मेदवार ताराबहादुर कार्की विजयी भएका छन् ।
कम्युनिस्ट निकट उम्मेदवार रमेश श्रेष्ठलाई पछार्दै कार्कीले जित हात पारेका हुन् । निर्वाचनमा खसेको १ हजार ४ सय ६२ मतमध्ये विजयी कार्कीले ८ सय १७ मत र पराजित श्रेष्ठले ५ सय ९४ मत ल्याएका छन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा कांग्रेस निकट नै रहेकी गीता अमात्यले जितेकी छन् ।
उनले ८ सय ६४ मत ल्याएर जित्दा प्रतिद्वन्दी रामकृष्ण भण्डारी ५ सय ४५ मत ल्याएर पराजित भएका छन् ।
कांग्रेस निकट उम्मेदवार प्रथम उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सन्तोष उप्रेति र महासचिवमा कृष्णप्रसाद अधिकारीले जितेका छन् भने कम्युनिस्ट निकट उम्मेदवार यी सबै पदमा पराजित भएका छन् ।
विजयी उमेद्वारहरुलाई शुभकामना दिँदै काँग्रेस नेता अर्जुननरसिंह केसीले बाम गठबन्धनको अधिनायकवाद अब धेरै समय नटिक्ने बताए ।
झुट र भ्रमको खेति गरेर जनतालाई झुक्याएकाले जनताले अब वामगठबन्धनलाई बिश्वास नगर्ने उनको भनाई छ ।
साथै नेता केसीले काङ्ग्रेस आफै एकजुट हुँदा कसैले बिगार्न नसक्ने भन्दै पार्टी भित्र व्यापक सुधारको खाँचो रहेको बताए।
बधाई तथा शुभकामना कार्यक्रममा नुवाकोट नेका पार्टी सभापति जगदिश्वर नरसिंह केसी र नवनिर्वाचित अध्यक्ष ताराबहादुर कार्कीले धन्यवाद ज्ञापन ब्यक्त गरेको नेबिसघंका नेता निरन्जन थापाले जानकारि दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया