विप्लवले गरे बन्दको घोषणा (विज्ञप्तिसहित)

काठमाडौं– नेकपा महासचिव विप्लवले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष  केपी शर्मा ओली र  पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन् ।
उनले सोमबार एक विज्ञप्ति जारी गर्दै ओली र प्रचण्डले नेपाली जनतामाथि घात, धोका, वेइमानी, छलकपट गरिरहेको भन्दै आफूहरुलाई नजिस्क्याउन चेतावनी दिएका छन् ।

उनले ओली सरकार र राम बहादुर थापा नेतृत्वको गृह प्रशासनले  पार्टीमाथि गरेको प्रतिबन्ध र दमनको विरोध पनि गरेका छन् ।
 
सरकारले पार्टीमाथि गरेको दमनको प्रतिरोध गर्न  भन्दै विप्लव समूहले संघर्षका कार्यक्रमहरु समेत घोषणा गरेको छ । जसअनुसार बैशाख ५ गते सो पार्टीले नेपाल बन्द समेत आह्वान गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?