सैनिक हाकिम पुगे आँधी प्रभावित क्षेत्रमा

काठमाडौं–प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार चैत्र १७ गते बारा र पर्सामा आएको आँधीबाट प्रभावित क्षेत्रको भ्रमण गरेका छन् ।

सो क्रममा उनले वर्तमान वस्तुस्थिति तथा नेपाली सेनाले प्रभावित क्षेत्रमा हालसम्म गरेका कार्यहरुको बारेमा जानकारी हासिल गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
साथै उनले सोही अवसरमा स्थानीय जनता र जनप्रतिनिधिहरुसँग अन्तरक्रिया समेत गरेका थिए ।

आजै थापाले बारास्थित चन्दननाथ गण र पर्सास्थित चण्डीप्रसाद गणको निरीक्षण भ्रमण गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?