सार्वजनिक सवारी साधनमा यात्रु टिकट अनिवार्य

काठमाडौं । काठमाडौंमा चल्ने सार्वजनिक सवारीका साधनमा यात्रु टिकटलाई अनिवार्य गरिएको छ ।

काठमाडौं महानगरपालिकाले ऐनमै सार्वजनिक यातायात सञ्चालनमा कागजी वा विद्युतीय टिकट अनिवार्य हुनुपर्ने व्यवस्था गरेको हो ।

बस,माईक्रो, टेप्पो, ट्याक्सीले टिकटको प्रवन्ध  गरिने भएको हो । यात्रु टिकटको आकार प्रकार तथा टिकटमा उल्लेख गर्नुपर्ने जस्ता विषय महानगरपालिकाले तोक्नेछ ।

यात्रुले पनि अब काठमाडौं महानगरपालिकाभित्र गाडीमा यात्रा गर्न आफूले चढ्ने स्टपमा वा सवारी साधन चढेलगत्तै तोकिएको भाडा तिरेर टिकट लिनुपर्नेछ ।

सेवा प्रदायकले बालबालकिा, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त, जनआन्दोलनका घाइते, शहिद परिवारका सदस्य, विद्यार्थी तथा अन्य निर्धारित व्यक्तिलाई तोकिएबमोजिम भाडामा छुट दिएर टिकट उपलब्ध गराउनुपर्नेछ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?