मालपोत कार्यालयमा घुस लिँदै गर्दा पक्राउ

सप्तरी । भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका नायव सुब्बा बासुदेव मण्डल घुससहित पक्राउ परेका छन् । मण्डललाई अख्तियारको टोलीले सेवाग्राहीसँग ४० हजार घुस लिँदै गर्दा रङ्गेहात पक्राउ गरेको हो । 

उनले सेवाग्राहीसँग मोही जग्गाको मुद्दा मिलाइदिने भन्दै घुस लिएको अख्तियार टोलीका सदस्यले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?