काठमाडाैंमा राति १० बजेसम्म सार्वजनिक यातायात चलाउनैपर्ने बाध्यकारी नियम

काठमाडौँ – काठमाडौँका सडकमा बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक सवारीसाधन अनिवार्य चलाउनुपर्ने व्यवस्थासहितको विद्येयक काठमाडौँ महानगरपालिका नगरसभाबाट पारित भएको छ ।

आइतबार बसेको नगरसभाको चौथो अधिवेशनले सवारी तथा यातायात व्यवस्थापन विद्येयक पारित गरेको हो ।

पारित विद्येयक १५ दिनमा मेयर विद्यासुन्दर शाक्यले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउनेछ । नयाँ पत्रिका दैनिकमा यो खबर छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?