चैत २४ गतेका १८ ट्रेन्डिङ समाचार, दुनियाँमा दिनभर के भयो ? एक क्लिकमा थाहा पाउनुहोस्

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७५ साल चैत २४ गते देश दुनियाँमा के–के घटना भए  ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा  LOKPATH TV  लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

1.कांग्रेस एकतावद्ध भएर अघि बढ्न सके कसैले पछाडि पार्न सक्दैन् : महामन्त्री डा. कोइराला:  नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेस एकताबद्ध भएर अघि बढे आगामी निर्वाचनमा कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताएका छन् । नेपाल महिला सङ्घ जिल्ला कार्य समिति भक्तपुरले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा आज ‘आइतवार’ आयोजित ‘शुभकामना आदान प्रदान तथा समसामयिक राजनीतिक विषयमा महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कांग्रेसलाई एक बनाएर लानुको विकल्प नभएको बताए । 

2.परिणाम देखिने गरी काम गर्न गरिबी निवारण कोषलाई प्रधानमन्त्री ओलीको निर्देशन: प्रधानमन्त्री केपी शर्मा ओलीले परिणाम देखिने गरी काम गर्न गरिबी निवारण कोषलाई निर्देशन दिएका छन् ।कोषको ७० औं संचालक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन् ।

3.दैलेखमा असिनाले ठूलो क्षति, सांसदद्वारा तीनै तहका सरकारसमक्ष राहत माग: प्रतिनिधिसभा सदस्य राजबहादुर बुढाले यही चैत २२ गते साँझपख दैलेखको इतिहासमै पहिलो पल्ट भएको ठानिएको हुरीबतास र असिना वर्षाले जिल्लाका दुई नगरपालिका र एक गाउँपालिकाका प्रभावित परिवारका लागि राहतको व्यवस्था गर्न सङ्घीय, प्रदेश तथा स्थानीय तीनै तहका सरकारसमक्ष आग्रह गरेका छन् ।

4.राप्रपा संयुक्त निर्वाचन आयोगमा दर्ता: पशुपति शमशेर र डा प्रकाशचन्द लोहनी अध्यक्ष रहेको राप्रपा संयुक्त निर्वाचन आयोगमा दर्ता भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच १९ माघमा पार्टी एकिकरण पश्‍चात घोषणा गरिएको राप्रपा (संयुक्त) आइतबार निर्वाचन आयोगमा दर्ता भएको जनाइएको छ ।

5.अदालतको आदेश र संविधान अनुरुप नागरिकता-गृहमन्त्री थापा: गृहमन्त्री रामबहादुर थापाले वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप भएको बताएका छन् । गण्डकी प्रदेशमा शनिवारदेखि जारी दुई दिने सुरक्षा गोष्ठीका सन्दर्भमा गएका गृहमन्त्री थापाले पत्रकार भेटघाटमा जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नागरिकता नपाउँदा समस्या आएको उल्लेख गर्दै उनीहरूले नागरिकता पाउने विषय संविधानमा नै उल्लेख रहेको बताए ।

6.सोमवारदेखि मात्र मौसममा क्रमिक सुधार आउने: पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम भोली ‘सोमवार’देखि क्रमिक रुपमा सुधार हुँदै जाने जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । उक्त वायुको प्रभावले आज ‘आइतवार’ देशभरि नै आंशिकदेखि सामान्य बदली रही देशका पूर्वी तथा मध्य भू–भागका एक दुई स्थानमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । उनका अनुसार सोमवार पश्चिमी क्षेत्रबाट क्रमिक सुधार हुँदै जाने छ ।

7. दाङमा यात्रुबाहक बस दुर्घटना, तीन जना गम्भीर घाइते: दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । बुटवलबाट महेन्द्रनगरका लागि छुटेको यात्रुबाहक बस दाङमा दुर्घटना भएको हो । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका वडा नम्बर ३ जखेरा चोक नजिक  लु १ ख ८६३० नम्बर को बस दुर्घटना हुँदा तीनजना यात्रु गम्भीर घाइते भएका हुन् । 

8.आर्थिक प्रलोभनमा पार्न खोज्ने चालक नियन्त्रणमा: आर्थिक प्रलोभनमा पार्न खोज्ने माइक्रोबसका चालक पक्राउ परेका छन् । माईक्रो बसलाई चेकजाँच गर्दा कागजपत्र नभएकाले प्रहरीले कारबाही गर्न खोज्दा कारवाहीबाट बच्न थापाले नगद ५ सय दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । 

9.प्रदेश ५ का सांसदको एक दिनको पारिश्रमिक हावाहुरी पीडितलाई: प्रदेश ५ का प्रदेशसभा सदस्यहरुले एक दिनको पारिश्रमिक बारा पर्साका हावाहुरी प्रभावितलाई प्रदान गर्ने भएका छन् । प्रदेश सभाको आइतबार बसेको बैठकले प्रदेश २ को बारा र पर्सामा केही दिन आएको भीषण हावाहुरीबाट प्रभावित नागरिकलाई राहतका लागि प्रदेश सभा सदस्यहरुले एक दिनको पारिश्रमिक बरारबको रकम प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

10. काङ्ग्रेस समृद्धिको मुद्दा लिएर जनतामाझ जानुपर्छ-नेता पौडेल: नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली काङ्ग्रेस राजनीतिक मुद्दा छाडेर समृद्धिको मुद्दा लिएर जनतामाझ जानुपर्ने धारण राखेका छन् । चितवनको खैरहनी नगरपालिकाको वडा नं ४ र ५ का वडाध्यक्ष स्व नरेन्द्रनाथ अधिकारी र विश्वविजय बस्नेतको स्मृतिमा शनिवार आयोजना गरिएको रक्तदान कार्यक्रममा नेता पौडेलले समयअनुसार काङ्ग्रेस परिवर्तन हुनुपर्ने बताएका हुन् । 

11.लगनखेल-सातदोबाटोको सडक विस्तारको काम सुस्त: ललितपुरको सबैभन्दा व्यस्त लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तारको काम अघि बढ्न सकेको छैन । स्थानीयवासीले घर र जग्गाको मुआब्जा माग गरेपछि सडकमा २० प्रतिशतभन्दा काम हुन नसकेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

12.एम्पेरर २४ क्यारेट स्कच माल्टस्को बिक्री काठमाडौंमा शुरुअभनिश डिष्टिलरी प्रा. लि.ले बहुप्रतिक्षित एम्पेरर २४ क्यारेट स्कच माल्टस्को बिक्री वितरण काठमाडौंमा शुरु गरेको छ । व्यापार बजार तथा उपभोक्ताहरुमाझ निकै चर्चा बटुल्न सफल रहेको यस उत्पादनमा रहेका गुण र विशेषताहरु बजारमा पाइने अन्य उत्पादनहरुमा नपाइने बताइएको छ । यस कम्पनीका प्रवक्ताका अनुसार २०७४ साल असोजमा यसै कम्पनीले बजारमा ल्याएको एम्पेरर स्कच माल्टस्को अपार सफलता र सकारात्मक प्रतिक्रियालाई मध्यनजर गर्दै यस वर्ष एम्पेरर स्कच माल्टस् बजारमा ल्याइएको हो । 

13.प्रकाश सपूतको ‘दोहोरी ब्याटल २’ ट्रेन्डिङ एकमा: गायक प्रकाश सपूतको नयाँ गीत ‘दोहोरी ब्याटल २’ ट्रेन्डिङ एकमा आएको छ । यूट्युबमा सार्वजनिक भएको २ दिन नबित्दै ‘दोहोरी ब्याटल २’ ट्रेन्डिङमा आएको हो ।

14.सामाजिक सञ्जालः प्रशसंकदेखि आलोचकसम्मको साझा थलो: सामाजिक सञ्जाल पछिल्लो समय मनोरञ्जन र सुचना आदन-प्रदानको लागि भन्दा पनि बढि वकालत गर्ने ठाउँ जस्तै बनेको छ । कुनै विषयले सामाजिक सञ्जाल प्रयोगकताहरुको ध्यान केन्द्रित गरेपछि दुई टिममा पक्ष र विपक्षमा विभाजन भएर  वकालत गर्ने गरेको पाइन्छ ।

15.नेपोलियनले आफ्नी पत्नीलाई लेखेको २०० वर्ष पुरानो पत्र ५ लाख ७५ हजार डलरमा लिलामी: फ्रान्सका शासक नेपोलियन बोनापार्टद्वारा आफ्नो पत्नी जोसेफाइनलाइ लेखेका तीन प्रेम पत्र ५ लाख ७५ हजार अमेरिकी डलरमा लिलामी भएको छ । तीन पत्र सन् १७९६ देखि सन् १८०४ बीच लेखिएका थिए । लिलामी घराना ड्रोउले उक्त कुराको जानकारी दिएको हो । 

16.‘मातृभूमि कप’ को नयाँ मिती घोषणा:  ‘मातृभूमि कप’ आउँदो चैत्र ३० गते हुने भएको छ । शनिवार हुने भनिएको खेल पानि परेका मौसम खराबीका कारण स्थगित भएको थियो । चितवनमा निर्माण हुने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला’ निर्माणमा आर्थिक सहयोग जुटाउने उद्देश्यले धुर्मुस सुन्तली फाउण्डेशनले 'मातृभूमि कप’ को आयोजना गरेको थियो ।  

17.महिला भलिबललाई मुक्तिनाथ विकाश बैंकको साथ: आगामी वैशाख दोस्रो साताबाट शुरु हुने पाँचौ केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई मुक्तिनाथ विकास बैंकले प्रायोजन गरेको छ । महिला भलिबललाई बैंकले एक वर्षसम्मको लागि प्रायोजन गरेको हो । मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख निर्देशक प्रध्युमन पोखरेल र आयोजक शेरवहादुर खड्का स्मृति प्रतिष्ठानका संरक्षक गमली खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

18. टी-ट्वान्टी क्रिकेटमा सन्दीपले लिए ५० विकेट: नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले टी-ट्वान्टी क्रिकेटमा ५० विकेट पुरा गर्न सफल भएका छन् । भारतमा जारी इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध विकेट लिदै उनले ५० विकेट पुरा गरेका हुन् । उनले बैंगलोरका मोइन अलीलाई ३२ रनमा पेभेलियनमा फर्काउँदै ५० विकेट पुरा गरे । उनले हालसम्म ४० टी-ट्वान्टी क्रिकेट खेलमा ५० विकेट लिन सफल भएका हुन् । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?