काठमाडौं । ट्राफिक प्रहरीले उपत्यकाभित्रका सडकको फुटपाथ अतिक्रमण हटाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भर्खरै लागू गरेको ‘ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ अन्तर्गत जथाभावी भइरहेको फुटपाथ अतिक्रमण हटाउने भएको हो ।
उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले विभिन्न निकायसँग सहकार्य गरेर प्रहरीले यो कदम चालेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए ।
महाशाखाले पुरानो वानेश्वरदेखि सिनामङ्गलसम्म, पिङ्गलास्थानदेखि गौशाला चोकसम्म, कोटेश्वर वरीपरी, नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म लगायत उपत्यकाका विभिन्न ठाउँबाट पार्किङ तथा फुटपाथे पसल हटाउने, करिडोर खोल्ने, जेब्रक्रसिङ र लेनलाई व्यवस्थापन गर्ने आदिजस्ता कार्ययोजना ल्याएको छ ।
यही चैत २१ गतेदेखि नै उक्त अभियान सञ्चालन गरिएको वरिष्ठ उपरीक्षक पन्तले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया