चट्याङ लागेर एक जनाको मृत्यु, दुई गम्भीर घाइते

झापा । मेची नगरपालिकामा आज (शनिबार) बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

बिहानैदेखि हावाहुरी र पानीसँगै परेको चट्याङमा परि एक जनाको मृत्यु भएको हो भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । 

चट्याङबाट मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीका ४० वर्षीय प्रकाश राउत रहेको प्रहरी कार्यालयले जनाएको छ । मृतक राउतकी श्रीमती ३५ वर्षीया सुनिता राउत र उनका भाउजु ३६ वर्षीया मञ्जु राउत घाइते भएका छन् ।

दुवै जनाको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचार भइरहेको जनाइएको छ। खेतमा काम गरिरहेका राउत परिवारलाई चट्याङ लाग्दा तीन जना गम्भिर घाइते भएका थिए। 

घाइते मध्य राउतको उपचारको क्रममा मृत्यु भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?