बारा र पर्साका आँधी प्रभावितलाई राप्रपा संयुक्तको राहत वितरण

राप्रपा.(संयुक्त) का अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले वारा, पर्साका हावाहुरी पिडितलाई राहत वितरण गरेका छन् ।

अध्यक्षद्वय राणा र लोहनीले शुक्रबार प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी क्षतिबारे जानकारी लिएका थिए ।

भ्रमणको क्रममा विपदमा ज्यान गुमाएका प्रत्येक मृतकका परिवारलाई त्रिपाल, लत्ता कपडालगायत रु १२,५०० का दरले राहत वितरण गर्ने जनाएका छन् ।

राप्रपा (संयुक्त) का स्थानीय निकायले मृतक परिवारका घर घरमा पुगी राहत वितरण गर्नेछन् । यसका लागि पार्टीको स्थानीय निकायलाई अध्यक्षद्वय राणा र लोहनीले निर्देशन समेत जारी गरेका छन् ।

राणा र लोहनीले विरगंजस्थित नारायणी अस्पतालमा उपचार गरीरहेका घाइतेहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिएका थिए । उपचार गरीरहेका विरामीहरुलाई भेट्ने क्रममा फलफुल वितरण गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?