काठमाडौं । ललितपुरको नयाँबाटोमा ट्रकले भ्यानलाई किचेर भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
जनक शिक्षा सामग्री केन्द्रको ट्रकले तरकारी बोकेको भ्यानलाई किच्दा दुर्घटना भएको हो ।

आज (शुक्रबार) मध्याह्न जनक शिक्षाको ना१घ ५३३ नम्बरको ट्रकले तरकारी बोक्ने बा७च २१३१ नम्बरको भ्यानलाई किचेको हो ।

भ्यानमा रहेका ३ जनामध्ये २ जनाको मृत्यु भइसकेको जनाइएको छ भने १ जना युवती घाइते भएकी छन् । ट्रकका चालक फरार भएका प्रत्यक्षदर्शीले जनाएका छन् । तीव्रगतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया