काठमाडौं । प्रदेश नं २ मा प्रश्नपत्र आउट भएपछि स्थगित परीक्षा आज देखि शुरु भएको छ । प्रश्नपत्र लगातार आउट भएपछि परीक्षा स्थगित भएको थियो ।
तर स्थगित परीक्षा शुरु भएककै दिन पनि विज्ञान बिषयको प्रश्नपत्र आउट भएको छ । प्रश्नपत्र आउट भएपछि ४ जनालाई निलम्बन गरिएको छ । धनुषाको बरकुर्वा परीक्षा केन्द्रबाट अनिवार्य विज्ञान विषयको प्रश्नपत्र आउट भएको हो ।
परीक्षा शुरु भएको केही समयपछि नै भित्रबाट मोबाईल मार्फत प्रश्नपत्र आउट भएको कुरा सार्वजनिक भएको छ । बिहीबार बसेको प्रदेश २ माध्यमिक शिक्षा परीक्षा सञ्चालन समन्वय समितिको बैठकले परीक्षा केन्द्रमा खट्ने केन्द्राध्यक्ष बाहेक सबैलाई मोबाइल प्रयोग निषेधको साथै सम्पूर्ण विद्यार्थीलाई परीक्षाकेन्द्रमा प्रवेश गर्ने बेला अनिवार्य खानतलासी गर्न निर्देशन दिएको भएपनि प्रश्नपत्र भने मोबाईलबाट आउट गरिएको देखिएको छ ।
प्रश्न कुनै एक परीक्षार्थीले मोबाईलमा फोटो खिचेर बाहिर पठाएपछि परीक्षा दिलाउन आएका अभिभावकहरुले बाहिर मैदानमा प्रश्नपत्र आउट भएको हल्ला गरेपछि सो सार्वजनिक भएको हो ।
यता, प्रश्नपत्र आउट भए लगत्तै नीरिक्षण तथा अनुगमनको सँयुक्त टोली उक्त परीक्षाकेन्द्रमा पुगेको छ । यसअघि पनि सप्तरीबाट बिज्ञान विषयको प्रश्नपत्र आउट भएपछि परीक्षा स्थगित भएको थियो । यसैक्रममा उक्त परीक्षाकेन्द्रबाट एक जना गार्ड पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा फकिरचन्दगामी माध्यमिक विद्यालयका शिक्षक एवम् परीक्षामा गार्ड बसेका शंकर यादवलाई अनुगमन टोलीले पक्राउ गरेको हो । नीरिक्षक यादव परीक्षार्थीको औजार बक्समा मोबाइल राखेको भेटिएको हो । उनले नै प्रश्नपत्र आउट गरेको हुन सक्ने आशंका गरिएको छ भने सोधपुछ तीव्र पारिएको छ ।
निलम्बन विद्यार्थी तथा अन्यको नाम भने सार्वजनिक गरिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया