काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर आज (शुक्रवार) वर्षासँगै हावाहुरी चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको अनुसार यो क्रम शनिवारसम्म चल्ने जनाएको छ ।
सतहमा पूर्वी वायु र माथिल्लो वायुमण्डलमा पश्चिम वायुका कारण उपत्यकासहित देशका विभिन्न स्थानमा शुक्रबार बिहान वर्षा भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले जानकारी दिए ।
साथै अझै केही दिन हल्कादेखि मध्यम खालको वर्षासँगै हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘सतहमा पूर्वी वायु र माथिल्लो वायुमण्डलमा पश्चिम वायु चलेकाले अबको २ दिन देशका अधिकांश भागमा वर्षा हुनसक्ने देखिन्छ,’ मौसमविद् रिमालले भने ।
सतहमा चल्ने प्रि वायु बंगालको खाडीबाट आउने र त्यस्ता वायुले बोक्ने जलवाष्पले बादल बनाउन भूमिका खेल्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया