काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पाँच किलो ८१४ ग्राम सुनसहित चार भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
थाइल्याण्डको बैंककबाट नेपाल आएका चार भारतीयबाट सो परिमाणको सुनको गहना बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए । पक्राउ पर्नेमा जतीन जैन, सुनिता, बविता गार्ग र सरिता जैन रहेका छन् ।
थाइ एयरबाट नेपाल आएका उनीहरुले आवश्यकभन्दा बढी गरगहना लगाएको देखेपछि प्रहरीले चारै जनालाई पक्राउ गरेको हो । प्रहरीले करीब रु दुई करोड ९६ लाख आठ हजार मूल्य बराबरको सुन बरामद गरेको हो ।
प्रहरीका अनुसार जतिनबाट एउटा बाला र एउटा सिक्री, सुनिताबाट ६ थान बाला र सिक्री दुई थान, बविताबाट ६ थान बाला र दुई थान सिक्री तथा सरिताबाट ६ थान बाला र दुई थान सिक्री बरामद गरिएको हो । पक्राउ परेकालाई अहिले गौशालास्थित प्रहरीवृत्तमा राखी अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया