पुर्नवास नगरपालिकाको कुल ५६ करोड १८ लाखमध्ये २१ करोड बजेट खर्च गर्न बाँकी

पुर्नवास । प्रत्येक वर्ष हरुमा झैँ यस वर्ष पनि पुर्नवास नगरपालिकाले चौंथो नगरसभा सम्पन्न गरेको छ । नगरपालिकाको अफ्नै सभाहलमा सम्पन्न कार्यक्रममा नगरप्रमुख जीवनराज थापाले चौंथो नगरसभा कार्यक्रमलाई सफल बनाउन शुभकामना व्यक्त गरे ।

नगरप्रमुख थापाले पुर्नवास नगरपालिकाले चालू आर्थिक वर्ष २०७५र७६ को बजेटबाट फागुन मसान्तसम्ममा ५३.३२ प्रतिशत मात्र खर्च भएको बताए । २९ करोड ७४ लाख चालु वार्षिक बजेटबाट १५ करोड ५० लाख सात हजार दुई सय ८८ रुपैयाँ २६ पैसा खर्च भएको छ भने १३ करोड ५७ लाख ३२ हजार ७ सय एघार रुपैयाँ ७४ पैसा बाँकी रहेको छ ।

त्यस्तै, पुँजिगत तर्फ २७ करोड १० लाख ९५ हजार छ सय ३७ रुपैया वार्षिक बजेट रहेकोमा ५ करोड ६२ लाख ७९ हजार छ सय २७ रुपैयाँ ३९ पैसा खर्च भएको छ भने २१ करोड ४८ लाख १६ हजार नौ रुपैयाँ ६१ पैसा बाँकी बजेट रहेको छ । जुन २०.७६ प्रतिशत रहेको छ ।

कुल ५६ करोड १८ लाख ३५ हजार छ सय ३७ रुपैयाँ बजेटमा २१ करोड १२ लाख ८६ हजार नौ सय १५ रुपैयाँ ६५ पैसा खर्च भएको छ । यस आर्थिक वर्षको बाँकी बजेट ३५ करोड पाँच लाख ४८ हजार सात सय २१ रुपैया ३५ पैसा रहेको छ । जुन ३७.०३ प्रतिशत हुन्छ ।

नगरसभा चलिरहँदा केही कार्यपालिका सदस्य हरूले नगरपालिका को कार्यशैली प्रति असन्तुष्ट ब्यक्त गर्दै सभाहलबाट बाहिरिएका थि ए। बहिरिनेमा पुर्नवास नगरपालिका वडा नम्बर ११ का अध्यक्ष तुलसी अर्याल “टुक्रे बजेट दिँदा सबै वडाहरुलाई बराबर दिन नसक्ने भन्दै पेलेर लगेपछि उक्त नगरसभा बहिष्कार गर्दै बाहिरिएका थिए । वडा नम्बर ८ का वडाअध्यक्ष राना श्रावण पनि समानरुपमा बजेट विनियोजन नभएकाले आफुहरु बाहिर निस्किएको बताए । वडा नम्बर ११ का वडासदस्य रामचन्द्र भट्टराईले नगरसभा समयमा सञ्चालन हुन नसक्नु, बजेट बाडफाँडमा विभेद हुनु जस्ता क्रियाकलापले गर्दा नगरसभा बहिस्कार गर्नुपरेको बताए । वडा नम्बर ४ का वडाअध्यक्ष प्रेम बहादुर बस्नेतले वडामा बजेट कम भएको भनि नगरसभा बहिस्कार गरेका थिए भने यसरीनै वडा नम्बर ६ का केहि वडासदस्यहरुले पनि असन्तुष्टि व्यक्त गर्दै नगरसभा बहिस्कार गरेका थिए ।

उद्घाटन सत्र कार्यक्रममा उपस्थित नेकपा सुदूरपश्चिम प्रदेश कमिटिका प्रमुख सचेतक तथा कञ्चनपुर प्रदेस सांसद तारालामा तामाङले  नगरसभाको सफलताको कामना गर्दै पुर्नवास नगरपालिकाको चौतर्फी विकास हुनुपर्ने धारणा राखेका थिए । चौँथो नगर सभा सम्पन्न हुँदै गर्दा नगर सभा  बहिष्कार गर्ने हरुको अधिकासको गुनासो वडाहरुका लागि टुक्रे तथा साना योजनाहरुमा सबै वडालाई बराबर बजेट दिनुपर्ने माग रहेको थियो।

नगरप्रमुख थापाले कार्यक्रममा सम्बोधन गर्दै भने, “सवैले  नगरको बिकासमा हातेमालो गर्न आग्रह गर्नुभयो । उहाँले समेट्न बाकी रहेका कुराहरुसमेत छलफलमा ल्याएर समेट्न सकिने हुँदा प्रष्ट छलफल गरि अधि बढ्नुपर्ने बताउनुभयो ।  केन्द्रीय सरकार र प्रदेश सरकारबाट  योजनाहरु ल्याउन  डेलिगेसन गएका छौ। सत्ता पक्ष र बिपक्ष दुबै सग हातेमालो गर्दै सबै जनप्रतिनिधिहरू को बिचारको कदर गर्दै अघि बढ्ने र मिलेर अझ धेरै विकास गर्न हामी लागिरहेका छौं । ” भन्दै आफ्नो शुभकामना मन्तव्य राखेका थिए । 

५७ जना नगर कार्यपालिका सदस्यहरु मध्य १४ जना नगर कार्यपालिका सदस्यहरुले नगरसभा बहिष्कार गरेका थिए ।

नगरपालिकाले  स्थानीय सरकार पाए पश्चात् बिकासका पूर्व धारहरुमा निकैनै ठूलो फड्को मारेको छ। तर, बजेट विनियोजन गरे अनुरूप भने बिकास नभाएको तितो सत्यलाई नकार्न सकिन्न। तसर्थ सबै पक्षलाई समेटी भनसुन र पहुँचवाला ब्यक्तिको पक्षमा नभइ निष्पक्षका साथ सबै वडामा प्राथमिकता को आधारमा बिकास बजेट बिनियोजन गरे आगमी दिनमा नगरको समग्र बिकास योजनाले मुल फुटाउन सफल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?