माटोको ढिस्कोले पुरिएर बालकको मृत्यु

मोरङ । विर्तामोडमा माटोको ढिस्कोले पुरिएर एक  बालकको मृत्यु भएको छ । 

गौरादह नगरपालिका १ मा ७ वर्षीय बालक सुमन कर्मकारको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । 

निर्माणधिन अवस्थामा रहेको नालिमा बुधवार साँझ खेल्ने क्रममा उनको मूत्यु भएको हो । गम्भीर घाइते भएपछि सुमनलाई उपचारका लागि दमक स्थित लाइफ लाइन अस्पताल पठाइएको थियो ।

उपचारको क्रममा उनको बुधवार राति ८ बजे मृत्यु  भएको  इलाका प्रहरी कार्यालय गौरादले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?