बारा र पर्सा : प्रारम्भिक सर्वेक्षण सम्पन्न, विस्तृत सर्वेक्षण शुरु

काठमाडौं । बारा र पर्सा जिल्लाहरुमा हावाहुरीले पारेको विपद २ हजार ४ सय चार घरमा क्षति पुगेको छ । पहिलो पल्ट मोबाइल एप्लिकेशनको प्रयोग गरी यो तथ्यांक संकलन गरिएको हो । प्रारम्भिक सर्वेक्षण समाप्त भएसँगै यो नतीजा आएको हो । बारामा १ हजार ८ सय ९५ घर र पर्सामा ५ सय ९ घर नराम्ररी प्रभावित भएका हुन् । 

नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले भने, ‘‘अब विस्तृत घरधुरी सर्वेक्षण शुरु भइरहेको छ  । पर्सामा आजैदेखि शुरु भएको र बारामा भोलीबाट शुरु हुने छ ।”

प्रारम्भिक सर्वेक्षण अनुसार एक हजार ६२ घर पूर्णरुपमा क्षती भएको छ भने  एक हजार तीन सय ४२ घर आंशिक क्षति पुगेको छ । मर्मत गरेर काम चलाऊ हिसावले बस्न मिल्नेलाई आंशिक क्षतिमा गणना गरिएको छ । 

बारामा नौ सय ४० घर पूर्ण क्षति छ भने नौ सय  ५५ घर आंशिक क्षति छ । त्यस्तै पर्सामा १ सय २२ घर पूर्ण क्षति भएका छन् भने ९ सय ४० घरमा आंशिक क्षति भएको छ ।  स्थानीय वडाध्यक्ष, रेडक्रस र शुरक्षाकर्मीको संयुक्त टोलीले यो तथ्यांक निकालेको हो । 

प्रतिकार्यको तेस्रो दिन आज विभिन्न सहयोगको लागि रेडक्रसका ८२ स्वयंसेवक खटिएका र थप १ सय ३३ परिवारलाई तारपोलिन र डोरी बाँडिएको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए । १ सयवटा म्याट्रेस र ४० वटा कम्मल पनि आजै वितरण गरिएको छ । 

केन्द्रीय तहबाट राष्ट्रिय विपद प्रतिकार्य समूह दुवै जिल्लामा पुगिसकेका छन् र भोलीदेखि खानेपानी तथा सरसफाईको राष्ट्रिय विपद प्रतिकार्य टोली बारामा सक्रिय हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?