विप्लव निकटको शिक्षक संगठनका अध्यक्ष चौहान परीक्षास्थलबाटै पक्राउ

बुटवल । प्रहरीले बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ता खोज अभियान तिब्र पारेको छ । आज कपिलवस्तु प्रहरीले अखिल नेपाल शिक्षक संगठन रुपन्देहीका अध्यक्ष राम निवास चौहानलाई पक्राउ गरेको छ । चौहानलाई एसईई परिक्षमा अनुगमनमा खटिएको बेला प्रहरीले पक्राउ गरेको संगठनका केन्द्रिय अध्यक्ष घनश्याम पाठकले जानकारी दिए ।

। ठाउ ठाउबाट बिप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता पक्राउ परिरहेको बेला बिप्लव निकटको शिक्षक संगठानका जिल्ला अध्यक्षहरु पनि पक्राउ पर्न थालेका छन ।रुपन्देही प्रहरीले अस्ति अखिल नेपाल शिक्षक संगठन रुपन्देहीका अध्यक्ष रामजी आचार्यलाई पक्राउ गरी हिजो अदातलमा मुद्धा दायर गरेको छ  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?