काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि यतिबेला प्रदेश २ का सम्पूर्ण परीक्षा केन्द्रहरुमा विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् ।
प्रदेश २ को राजधानी जनकपुरधामलगायत बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सिरहा र सप्तरीको सम्पूर्ण परीक्षा केन्द्रमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा विद्यार्थीहरुले ‘विद्यार्थीको भविष्यसँगको खेलवाड बन्द गर, शिक्षामन्त्री राजीनामा दे, विद्यार्थी एकता जिन्दावाद’ लगायतका नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।

उता रौतहटको चन्द्रनिगाहपुरमा विद्यार्थीहरुको विरोध प्रदर्शनका क्रममा राष्ट्रिय विद्यार्थी संघ रौतहटको जिल्ला अध्यक्ष ओमप्रकाश साहलाई प्रहरीले पक्राउ गरेको छ ।
आन्दोलित विद्यार्थीहरुले अध्यक्ष साहलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
लगातार दुईदिन एसईई परीक्षा विज्ञान र सामाजिकको प्रश्नपत्र बाहिरिएको विरोधमा विद्यार्थीहरुले रौतहटमा प्रदर्शन गरेका थिए ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया