काठमाडौं – प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन यतिवेला सरकार लागिपरेको छ। सम्मेलनको तयारी भइरहँदा सरकारले जापानसँग श्रम सम्झौतासमेत गरेको छ।
रोजगारका लागि नेपाली श्रमिक विदेश पठाउने सम्झौतासँगै नेपाल आउने लगानीले रोजगार सिर्जना गर्दैन कि भन्ने आशंकासमेत उब्जिएको छ।
लगानी आउँदैमा त्यो नेपाली श्रमिकको सीपअनुरुप आउँछ भन्ने ग्यारेन्टी नहुने नेपाली श्रमिकका विषयमा विद्यावारिधि गरेका केशब बस्याल बताउँछन्। सरकारले पारित गरेको वैदेशिक लगानी मस्यौदाले विदेशी लगानीकर्तालाई केही खुकुलो प्रावधान ल्याएको छ,’ बस्याल भन्छन्, ‘जसका कारण आफूलाई आवश्यक पर्ने श्रमिक होस्ट कन्ट्रीबाट मात्रै होइन होम कन्ट्रीबाट पनि ल्याउन सक्ने व्यवस्था गरिएको छ।’ नागरिक दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया