प्रश्नपत्र बाहिरिएपछि प्रदेश नम्बर २ को परीक्षा रद्द

काठमाडौं– परीक्षा सञ्चालन हुनुअघि नै सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि प्रदेश नम्बर २ को आजको एपरीक्षा कार्यक्रम रद्द गरिएको छ ।
सामाजिक सञ्जालमामार्फत प्रश्नपत्र बाहिरिएपछि बसेको परीक्षा नियन्त्रण कार्यालयको आकस्मिक बोर्ड बैठकमा प्रश्नपत्र खोलेर हेर्दा बाहिरिएको पुष्टि भएपछि परीक्षा रद्द गरिएको हो ।

एकाएक परीक्षा रद्द भएपछि प्रदेश नम्बर २ अन्तर्गतका जिल्लाका परीक्षार्थीहरु बीचबाटो बाटै परीक्षा नदिइ घर फर्किएका छन् ।
बोर्डले बिहीबारअनिवार्य विज्ञान विषयको परीक्षा पनि रद्द गरेको थियो ।
 यस विषयको प्रश्नपत्र परीक्षा आगाडि नै बाहिरिएको भन्दै बोर्डको परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । सो विषयको परीक्षा आगामी २२ गते सोही केन्द्रमा नै सञ्चालन हुने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?