घुससहित बैंकका कर्मचारी अख्तियारुको फन्दामा

काठमाडौं–राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय, बर्दघाट, नबलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा कार्यरत कनिष्ट सहायक अन्चल सुनार रु १० हजार घुससहित पक्राउ परेको छन् ।
सेवाग्राहीको स्वीकृत भइसकेको ऋण रकम निकाल्न नमिल्ने गरी रोक्का राखी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा निजकै निवासबाट नियन्त्रणमा लिएको हो ।
उनीमाथि अनुसन्धान कार्य भइरहेको अख्तियारले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?