नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहाल केहि दिनको उपचार पछि स्वदेश फर्किएका छन् ।
काठमाडौं आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकामा गरिएको उपचारबाट पत्नी सीताको स्वास्थ्यमा केही सुधार देखिन थालेको बताए ।
सीता दाहाल पार्किन्सनजस्तो देखिने एक जटिल रोगबाट पीडित छिन् । अमेरिकामा पीएसपी उपचारको नयाँ प्रविधि र वैज्ञानिक अनुसन्धान भइरहेको अस्पतालमै सीतालाई उपचारका लागि लगिएको प्रचण्डले बताए ।
अमेरिकाको जोन हकिंग्स, जर्जटाउन र बर्बिङ्घम अस्पतालमा सीताको स्वास्थ्य जाँच गराइएको थियो ।
यसअघि उनको उपचार सिंगापुरमा गरिएको थियो । अमेरिकामा डाक्टर र पीएसपीबारे अनुसन्धान गरिरहेका वैज्ञानिकहरुले पहिले सिंगापुरमा गरेकै उपचार सही भएको जानकारी दिँदै तीन महिनाका लागि शरीरमा लगाउने दुई थरी नयाँ मल्हम दिएका छन् ।
प्रचण्डपत्नी सीता दाहाल, छोरी गंगासहितको टोली चैत ३ गते अमेरिका गएको थियो ।
प्रचण्ड अमेरिका उडेलगत्तै उनीविरुद्ध मेरिल्याण्डको एफबीआईमा उजुरी परेको खबरले चर्चा पाएको थियो ।
यहि प्रसंगमा विमानस्थलको भीआइपी कक्षमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘राजदूत र अरु साथीहरु (विमानस्थलमा) आउनुभएको थियो । मलाई त झण्डै भूमिगतरुपले बाहिर निकाल्ने कुरा गर्नुभयो । के भएछ, किन त्यसो गर्ने भनेर म आश्चर्यमा परेँ । उहाँहरुलाई लागेको रहेछ, केही घटना पो हुन्छ कि !
प्रचण्डका अनुसार अमेरिकास्थित नेपाली राजदूतसहितको टोलीले केही भएको भए छलेर बाहिर निकाल्ने व्यवस्थासमेत मिलाएका रहेछन् । उनले भने, ‘तर, केही भएन । खाली कन्फ्युजन जस्तो मात्र थियो ।’सोहि कुरा ईंङ्गित गर्दै प्रसंगमा उनले त्यहाँ नेपालीहरुलाई नेपालीहरुले नै हेप्ने गरेको बताए ।
प्रचण्डको टोली भ्रमण अवधिभर नेपाली दूताबासमै बसेको उनले जानकारी दिए । यसक्रममा प्रचण्डले केही भेटघाटहरु पनि गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया