WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।
आज मिति २०७५ साल चैत १४ गते देश दुनियाँमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा लोकपथ टिभीलाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।
1. तीव्र गतिमा बहुआयामिक विकास गर्नुको विकल्प छैन : प्रधानमन्त्री ओली : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार राजनीतिक अधिकार प्राप्तिका प्रयासलाई संस्थागत गरेर सुशासन र विकासमा केन्द्रीत भएको बताएका छन् । आर्थिक उन्नतिका लागि लामो समय पर्खन नसकिने स्पष्ट पार्दै उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न तीव्र गतिमा बहुआयामिक विकास गर्नुको कुनै विकल्प नभएको बताए ।
2. विप्लव समूहलाई प्रधानमन्त्री ओलीको चेतावनी,‘कम्युनिष्टको बर्को ओढेर जे पनि गर्न पाइन्छ’ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश ३ को पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूह एउट पार्टी नभएर गिरोह भएको बताएका छन् । बैठकमा बोल्दै प्रधानन्त्री ओली विप्लव समूह राजनीतिक पार्टी नभएर कुनै गिरो भएको बताए ।
3. प्रधानमन्त्रीलाई २० कित्ता शेयर : जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलोपटक बिक्री गरिएको माथिल्लो त्रिशूली थ्रिबी जलविद्युत् आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता शेयर परेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित शेयर बाँडफाँड कार्यक्रममा दिइएको जानकारीअनुसार प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि २० कित्ता नै शयेर परेको छ ।
4. स्वेत राष्ट्रवाद र पृथकतावादी समर्थनहरुको फेसबुक र इन्स्टाग्राम एकाउन्ट बन्द हुँदै : फेसबुकले श्वेत राष्ट्रवाद र पृथकतावादी समर्थित सबै प्रकारका फेसबुक र इन्स्टाग्रा एकाउण्ट बन्द गर्ने भएको छ । फेसबुकले आगामी सातादेखि फेसबुक र इन्स्टाग्रा एकाउन्ट बन्द गर्ने जनाएको हो । साथै फेसबुकले आतंकवादी गतिविधि पहिचान गर्ने क्षमता बढाउने प्रतिबद्धता समेत गरेको छ ।
5. लगानी सम्मेलन – ६ हजार सुरक्षाकर्मी परिचालन, रानीपोखरी र सोल्टी होटलमा ‘सम्मेलन सुरक्षा समन्वय कक्ष’ स्थापना : भोलिदेखि काठमाडौंमा शुरु हुने लगानी सम्मेलनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाडैंस्थित सोल्टी होटलमा हुने लगानी सम्मेलनका लागि करिब ६ हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
6. प्रधानमन्त्रीलाई २० कित्ता शेयर : जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलोपटक बिक्री गरिएको माथिल्लो त्रिशूली थ्रिबी जलविद्युत् आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता शेयर परेको छ ।
7. एसईई परीक्षा – सप्तरीसहित आठ जिल्लामा विज्ञान विषयको परीक्षा रद्द : माध्यमिक शिक्षा परीक्षा ९एसईई० अन्तर्गतको अनिवार्य विज्ञान विषयको परीक्षा रद्द गरिएको छ । आज ९बिहीवार० अनिवार्य विज्ञान विषयको परीक्षा शुरु हुनु अगावै सप्तरी जिल्लामा प्रश्नपत्र बाहिरिएको थियो ।
8. कर्मचारी समायोजक सम्पन्न : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा कर्मचारी समायोजन पूर्ण रुपमा सकिएको छ । मन्त्रालयले तीन तहमा १ लाख ३७ हजार ६ सय १४ कर्मचारी दरबन्दी स्वीकृत गरेको जनाएको छ ।
9. हस्तलिखित पत्र यसरी बन्यो बिजनेसको टर्निङ प्वाइन्ट : जब एलेक्जेन्डर रिन्केले आफ्नो सानो स्टार्ट अप बिजनेसमा ठूला कम्पनीहरुले लगानी गरुन् भन्ने चाहे तब उनलाई आफ्ना कुरा ती कम्पनीसम्म पु(याउने सबैभन्दा उपयुक्त माध्यम लाग्यो, ‘हस्तलिखित पत्र’। इन्टरनेटको जमानामा सजिलो र छिटो तरिकाले सन्देश पठाउनुको साटो उनले झन्झटिलो र बढी समय खर्चिनुपर्ने उपाय रोजे किनकी उनलाई लगानीकर्ताको ध्यानाकर्षण गर्नु थियो ।
10. जम्मु काश्मिरबाट प्रधानमन्त्री मोदीको पहिलो चुनावी अभियान : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज ९बिहीवार०देखि जम्मु काश्मिरबाट पहिलो चुनावी प्रचारप्रसार अभियान शुरु गर्ने भएका छन् । भारतीय जनता पार्टीं ९भाजपा०का अनुसार अप्रिल ११ बाट शुरु हुने निर्वाचनका लागि प्रधानमन्त्री मोदीले जम्मु काश्मिरबाट चुनावी प्रसार अभियन शुरु गर्न लागेका हुन् ।
11. नेपालकै कान्छी उपमेयर शिवकुमारी राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त : नेपालकै कान्छी उपमेयर शिवकुमारी चौधरी (थारु) नेपाल सरकारको राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त भएकी छन् ।नेपाल सरकारको मन्त्री परिषदको चैत ११ गतेको निर्णयानुसार चौधरीलाई राष्ट्रिय बिवकास परिषदको सदस्यमा नियुक्त गरिएको हो ।
12. फेसबुकमा ग्रुप च्याट बनाएर चिट चोरी, सप्तरीका परीक्षा केन्द्रहरुमा चरम अनियमितता : यही चैत १० गतेबाट शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत सप्तरी जिल्लामा भने चिट चोर्ने क्रियाकलाप रोकिएको छैन । बढ्दो सामाजिक सञ्जाल र प्रविधिका कारणले चिट चोर्ने क्रियाकतापमा पनि परिवर्तन आएको छ ।
13. बालिका बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जन्मकैद : उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ ।
14. नेपालमा रेल कुदाउन चीन आतुर : नेपालमा चिनियाँ रेलको चर्चा चल्छ। चीन पनि चाहन्छ– जतिसक्दो छिटो दुई देश रेलमार्गबाट जोडिऊन्। चिनियाँ विदेश मन्त्रालय एसिया मामिला निर्देशक झाङ झिसिन भन्छन्, ‘हामी नेपालको दक्षिण भेगसम्म रेलैजान आतुर छौं।’
15. मृतकको नाममा सामाजिक सुरक्षा भत्ता लिन्छन् कर्मचारी : देशमा संघीयता लागू भएपछि सबैभन्दा बढी भ्रष्टाचार स्थानीय निकायमा हुने गरेको पाइएको छ । राजधानी दैनिकमा यो खबर छ ।धेरैजसो हिनामिना सामाजिक सुरक्षा भत्तामा भेटिएको अख्तियारले औंल्याएको छ ।
16. हेमन्तप्रकाश ओलीलाई तीन दिनभित्र अदालतमा उपस्थित गराउन सरकारलाई आदेश : सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहका मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली (सुदर्शन)लाई तीन दिनभित्र अदालतमा उपस्थित गराउन सरकारलाई आदेश दिएको छ। उनलाई पक्राउ गर्नुको लिखित जवाफ दिन पनि सर्वोच्चले भनेको छ।
17. अटो व्यवसायीद्वारा बुटवल बजार बन्द : बुटवलको अटो व्यवसायीहरुले एक दिने पसल बन्दको आह्वान गरेका छन् । बुधवार साँझ बुटवलको गढिटोलमा अज्ञात समूहको गोली लागेर मृत्यु भएका फिरोज खानको हत्यरा पत्ता लगाउन दबाव दिँदै अटो व्यवसायीहरुले आज (बिहीवार) एक दिने पसलहरु बन्द गर्ने निर्णय गरेको हो ।
18. हेलिकप्टर दुर्घटनामा १३ सैनिकको मृत्यु : कजाखस्तानको दक्षिण पश्चिममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा १३ जना सैनिकको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधवार रुसमा निर्मित एमआई–८ हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया