विप्लवका दुई जना नेता कालिकोटबाट पक्राउ

 नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका दुई जना नेतालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मजदुर संगठनका इञ्चार्ज भरत शाही र  कर्णबहादुर विक छन् । 

‘ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमाथि बम विष्फोट भएकै दिन कालिकोटमा रहेको एनसेल टावरमा आगजनी भएको थियो । आक्रमणमा संलग्न भएको देखिएपछि दुई नेता शाही र कर्णबहादुर विक पक्राउ परेका हुन् । 

२८ फागुनमा सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको घोषणा गरेपछि प्रहरी विप्लव समूहविरुद्ध आक्रामक भएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?