काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् ।
होली खेल्ने क्रममा जथाभावी सवारी साधन चलाउँदा स्वयम्भु र सातदोबाटोमा सवारी दुर्घटना हँदा दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका अन्य तीनको अवस्था निकै जटिल रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा काठमाडौँ कीर्तिपुरका ३१ वर्षीय सुनिल शाही र ललितपुर गोदावरीका १७ वर्षीय सचिन श्रेष्ठ रहेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले घाइतेहरूको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पताल र सातदोबाटोस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।
होलीमा बुधवार मात्र काठमाडौं उपत्यकाका स्थानमा १० दुर्घटना भएका थिए ।
गत वर्षको होलीमा २२ सवारी साधान दुर्घटनामा हुँदा १८ घाइते भएका थिए ।
ट्राफिक प्रहरीले बुधवार होलीमा उपत्यकाभित्र जथाभावी रुपमा सवारीसाधन चलाउने ९ सय १८ चालकलाई कारवाहीसमेत गरेको छ । तीमध्ये ९ सय ५ दुईपाङ्ग्रे र १३ चारपाङ्ग्रे सवारीसाधनका चालक कारवाहीमा परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया