काठमाडौं । विश्वमा सबैभन्दा खुसी देशको सूचीमा यसवर्ष फिनल्याण्ड पहिलो नम्बरमा परेको छ ।
विशव खुसी दिवसको अवसरमा बुधवार सार्वजनिक गरिएको राष्ट्रसंघीय सूचीमा दोस्रो नम्बरमा डेनमार्क, तेस्रोमा नर्वे, चौंथोमा आइसल्याण्ड, पाँचौंमा नेदरल्याण्ड परेका छन् ।
यस्तै छटौँदेखि दशौंसम्म क्रमशः स्वीजरल्याण्ड, स्वीडेन, न्यूजील्याण्ड, क्यानडा र अष्ट्रेलिया छन् ।
यो सूचीमा नेपाल १०० औं स्थानमा रहेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
ज्यान जोगाउन सिरियाबाट भागेका बाबुछोरा न्यूजील्याण्डमा मारिए
सिरियाको गृहयुद्धका कारण विश्वकै सर्वाधिक सुरक्षित ठानिएको मुलुक न्यूजील्याण्ड पुगेका मुस्लिम बाबुछोरा क्राइस्टचर्च मस्जिद गोलीकाण्डमा मारिएका छन् । राजधानी दैनिकमा खबर छ ।
उनीहरुको बुधबार सम्पन्न दाहसंस्कारमा सयौं न्यूजील्याण्डबासी उपस्थित भएर भावपूर्ण विदाइ गरेका थिए ।
सिरियाबाट न्यूजील्याण्ड पुगेका ४४ वर्षीय खालिद मुस्ताफा र उनका १५ वर्षीय छोरा हम्जा आक्रमणमा मारिएका हुन् ।
मस्जिदमा शुक्रबारको प्राथनाका लागि भेला भएका व्यक्तिमध्ये ५० जनाको गोली लागि मृत्यु भएको थियो ।
हिरा व्यापारी मोदी लण्डनमा समातिए
पञ्जाव नेसनल बैंकको २ अर्ब डलर घोटाला गरेको आरोपमा भारतीय हिरा व्यापारी नीरव मोदी लण्डनमा पक्राउ परेका छन् ।
मोदीलाई लण्डन प्रहरीले होल्बोर्न क्षेत्रबाट मंगलबार पक्राउ गरेको हो । बुधबार वेस्टमिनिस्टर अदालतमा पेस गरिएकामा उनको धरौटी माग अस्वीकार गरिएको छ ।
उनलाई अब ९ दिन हिरासतमा राखिने छ भने अर्को सुनुवाई २९ मार्चमा हुनेछ । अब उनलाई लिन भारतीय अधिकारीहरु सुपुर्दगीसम्बन्धी कागजात लिएर अर्को साता लण्डन जानेछन् । आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया