मंगलबार घट्यो सुनको मूल्य

लोकपथ
413
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार तोलामा पाँच सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय लगातार उकालो लागिरहेकोे सुनको मूल्य तोलामा पाँच सयले घटेर प्रतितोला १ लाख १६ हजार कायम भएको हो ।

तेजाबी सुन १ लाख १५ हजार ४ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य प्रतितोला पनि बढेको छ । ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?