चांगन डीपल एसएल ०३ नेपालमा सार्वजानिक हुने

लोकपथ
84
Shares

काठमाडौं । आगामी डिसेम्बरमा थाइल्यान्डमा अपेक्षित रुपमा सार्वजनिक हुन लागेको चांगनको प्रिमियम सेडान डीपल एसएल ०३ नेपालमा पनि सार्वजनिक हुने भएको छ ।

नेपालमा अंग्रेजी नयाँ वर्षको पहिलो त्रैमासिकमा सार्वजनिक हुने जानकारी कम्पनीले दिएको छ ।

सीएटीएल, हुवावे र चांगन अटोको ज्वाइन्ट भेन्चरमा स्थापना भएको डीपल ब्रान्ड अन्तर्गतको डीपल एसएल०३ पनि नेपालमा डीपल एस ७ सँगै करिब एउटै समयमा सार्वजनिक गर्ने घोषणा नेपालकै सबैभन्दा ठूलोमध्ये पर्ने अटोमोबाइल समूह एमएडब्लु ग्रुपले केही साता अघि गरेको थियो ।

डीपलएसएल ०३ डिजाइन क्षेत्रको ओस्कार मानिने रेड डट डिजाइन अवार्ड २०२३ बाट विभुषित कार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?