स्वास्थ्यमन्त्री बस्नेतले भने- ‘तलब खुवाउन नसकेपछि स्वास्थ्यकर्मीलाई हटाएको हुँ’

लोकपथ
140
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तलब खुवाउन नसकेपछि वीर अस्पतालमा करारमा कार्यरत स्वास्थ्यकर्मीलाई हटाएको बताउका छन् ।

विश्व मानसिक स्वास्थ्य दिवसमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले कोभिड-१९ को बेला कोभिड प्रयोजनमा नियुक्त गरिएका कर्मचारीलाई तलब दिन नसकेपछि निकाल्न बाध्य भएको बताएका हुन् ।

स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनमा हिजो सोमबार एकैपटक वीर अस्पतालमा कार्यरत् २७६ जना करारका स्वास्थ्यकर्मी हटाइएका थिए ।

‘वीर अस्पतालमा कोभिड-१९ को बेला कोभिड प्रयोजनमा राखिएका दुई सय चानचुन कर्मचारीलाई अहिले तलब दिन नसकेपछि निकालिएको छ । हिजोपनि म आउने बेला १० महिनादेखि तलब नपाएर बसेका सयौँ-सयौँ कर्मचारीलाई मैले त ९५ करोड भनेको थिए । अर्थ मन्त्रालयको एक अर्ब २३ करोड रूपैंया फाजिलमा खर्च भएको छ । सम्माननीय प्रधानमन्त्रीज्युको निर्देशनमा यो बाँड्ने काम भएको हो ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?