सुराकीको नाममा पुरस्कार दिने व्यवस्था खारेज गरः आम जनता पार्टी

लोकपथ
0
Shares

काठमाडौं । आम जनता पार्टीले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कार दिने व्यवस्था हटाउन माग गर्दै भन्सार विभागमा धर्ना दिएको छ ।

संसदलाई छलेर नियमावलीमार्फÞत् देशको राजस्व व्यक्तिलाई दिने प्रवृत्ति गलत रहेको भन्दै मंगलबार उक्त व्यवस्था खारेजी माग गर्दैै धर्ना दिइएको हो ।

पर्टीका उपाध्यक्ष तिलकबहादुर थापा मगरले पुरस्कारको नाममा नीतिगत भ्रष्टाचार गरेको भन्दै त्यसलाई रोक्नुपर्ने बताए ।

उनले भने, ‘जुन ढंगले पुरस्कारको नाउँमा बाँडेर खाने काम गरिएको छ, यो नीतिगत भ्रष्टाचार हो । यसको अन्त्य हुनुपर्छ ।’

पुरस्कारको नाममा राजस्व लुट्ने कार्य बन्द गर, भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत कमिसन खारेज गर, भ्रष्टाचारीलाई कारवाई गर जस्ता नारा लगाएर कार्यालय परिसरमा धर्ना दिइएको थियो

भन्सार नियमावलीको परिच्छेद १० को दफा ४७, ४८ र ४९ मा गरिएको व्यवस्था अनुसार कुनै चोरी–निकासी वा पैठारीको माल समान पक्राउ गरी भन्सार कार्यालयमा बुझाउनेलाई सरकारले ३० प्रतिशत र त्यसको सुराकी दिनेलाई १५ प्रतिशत गरी विनियोजित कुल रकमको ४५ प्रतिशत रकम पुरस्कारस्वरूप व्यक्तिलाई दिने व्यवस्था छ ।

संसदलाई छलेर नियमावलीमार्फत् देशको राजस्वलाई सुराकीको नाममा उल्टो नीतिगत भ्रष्टाचार गरेको ठहर आम जनता पार्टीको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?