इजरायलमा नेपालीको निधनप्रति भोलि शोक बिदा, मृतक परिवारलाई १० लाख दिने सकारको निर्णय

लोकपथ
31.1k
Shares

काठमाडौं । सरकारले इजरायलमा हमास लडाकुको आक्रमणमा परेको नेपालीहरुको निधनप्रति शोक व्यक्त गर्दै मंगलबार (भोलि) शोक बिदा दिने दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

त्यस्तै बैठकले मृतकका परिवारलाई राहतस्वरुप १०–१० लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ । साथै इजरायल सरकारले अनुमति दिएपछि त्यहाँ रहेका नेपालीहरुको उद्धार गरिने निर्णय भएको गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी गराएका छन् ।

शनिबार प्यालेस्टाइनी हमास लडाकुुको आक्रमणमा परी १० जना नेपालीको निधन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?