सरकारले विखण्डनको मुद्दालाई प्रोत्साहन दियो : राजेन्द्र महतो

सरकार र सिके राउत नेतृत्वको गठबन्धनबीचको सहमतिबाट विखण्डनको मुद्दाले प्रोत्साहन पाउने आशंका राष्ट्रिय जनता पार्टीले व्यक्त गरेको छ । राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले सम्झौताबारे प्रस्ट पार्न सरकारसँग आग्रह गरेका छन् । राउत र सरकारले सम्झौतालाई आ–आफ्नै ढंगले व्याख्या गरेर जनतालाई गुमराहमा पारेको उनको आरोप छ । ‘११ बुँदे सम्झौता के हो ? सिके राउतले आफ्नो जित भयो भनिरहेका छन्,’ महतोले  भने, ‘जनमतसंग्रह गर्ने भनिरहेका छन् । सरकार होइन भन्छ । यो त जनतालाई गुमराहमा राख्ने काम भयो । सरकारले जनतालाई स्पष्ट पार्नुपर्छ ।’

मधेस स्वतन्त्र राष्ट्र हुनुपर्छ भन्ने माग गरिरहेका राउतले आफ्नो मुद्दा वास्तवमै छोडेको भए यसलाई राजपाले सकारात्मक रूपमा लिने महतोको भनाइ छ । नयाँ पत्रिकामा खबर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?