काठमाडौं–नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतामा प्रतिबद्धता जनाउँदै सहमतिमा हस्ताक्षर गरेको ४८ घन्टा बित्न नपाउँदै सिके राउतको समूहले स्वतन्त्र मधेसको झन्डा र ब्यानरसहित सार्वजनिक कार्यक्रम गरेको छ ।
आइतबार जनकपुर पुगेका राउतलाई समर्थकले स्वतन्त्र मधेसको नारा लगाउँदै स्वागत गरेका छन् । राउतलाई स्वागत गर्न उनका समर्थक आइतबार बिहानै जनकपुर विमानस्थल पुगेका थिए ।
आजको नयाँ पत्रिका दैनिक लेख्छ– सरकारले सिके राउत र उनका कार्यकर्तामाथि निगरानी कायम राख्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । ‘सम्झौताको गलत व्याख्या गरे र पुरानै गतिविधि कायम राखे भने सरकारले कारबाहीमा जान बाध्य हुन्छ,’ गृह मन्त्रालयका एक अधिकारीले भने, ‘आइतबार जनकपुरमा फ्री मधेस लेखिएका झन्डा र ब्यानर देखिएको छ, जसलाई हामीले गम्भीर रूपमा लिएका छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया