सिन्धुपाल्चोक–चार वर्षअघि गएको भूकम्पले क्षति पुगेपछि बन्द भएको तातोपानी नाका आगामी वैशाखभित्र खोल्ने चीन सरकारको तयारी छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
सोहीअनुसार लार्चास्थित सुक्खा बन्दरगाह, चीन जोड्ने कोदारी राजमार्ग र क्षतिग्रस्त मितेरी पुल वैशाखभित्रै पुनर्निर्माण सक्ने लक्ष्य चिनियाँ रेल वे कन्स्ट्रक्सन कम्पनी लिमिटेड र तियान सुन रोड एन्ड ब्रिज कम्पनीको छ । तर, नेपालमा शरणार्थी जीवन बिताइरहेका तिब्बती नागरिकले चीनविरोधी गतिविधि गरे तातोपानी नाका सञ्चालनमा असर पर्ने चीनका एक सरकारी अधिकारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया