काठमाडौं । बैतडीमा आइतवार स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको छ ।
सडक बिस्तारका क्रममा शनिवार रोलरले किचेर एक जना विद्यार्थीको मृत्यु भएको घटनालाई लिएर पाटन नगरपालिका बासिले विरोध प्रदर्शन गरेपछि १८ राउण्ड हवाइ फायर गरेको प्रहरीले दाबी गरेको छ ।
विरोध प्रदर्शन गर्दै ठूलो संख्यामा प्रदर्शनकारी प्रहरी चौकी तर्फ अघि बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १८ राउण्ड हवाइ फायर र १५ सेल अश्रुग्यास प्रहार गरेको हो ।
झडपमा ५ जना प्रहरी र तीन जना प्रदर्शनकारी घाइते भएका छन् ।
अहिले स्थिति सामान्य रहेको प्रहरीले जनाएका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया