सांसद पन्तको प्रश्न : ‘यस्तो कमजोर नेतृत्व भएपछि देश कसरी अगाडि बढ्छ ?’

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले देशको ईज्जत राष्ट्रपति, प्रधानमन्त्री मन्त्री, सांसद र देशका प्रशासकहरुको भुमिकाले पनि निर्धारण गर्ने स्मरण गराएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको विषेश समयमा उनले राष्ट्रको प्रतिनिधित्व गर्नेहरुले मर्यादा राख्न नसकेको तर्क गरे ।

‘आज यस्तो समाचार छापिएको छ नेपालका प्रधानमन्त्री र एमसीसीका एक्ज्युकेटिभ डाइरेक्टरले संगै उभिएर एमसीसी कार्यन्वयन सुरु भएको हर्षोल्लासमा आयोजना गरेको कार्यक्रमको उद्धघाटन । प्रधानमन्त्रीसंग सुहाउने मान्छे भए त ठिकै छ तर एमसीसी एक्ज्युकेटिभ डाइरेक्टर र प्रधानमन्त्री सुहाउँछ ?’

त्यस्तै उनले क्रृणको पासोका परिएका की भनेर त्रास फैलाएर बीआरआई कार्यन्वयन गर्न रोकिएको बताए ।

‘विआरआई कार्यन्वयन गर्छौ भनेर गएका प्रधानमन्त्रीको चिनमा किन हात कामयो थाहा छैन् । र नेपालले एउटा मौका गुमायो । अब त्यो अवसर आउँदैन् । यस्तो खालको कमजोर नेतृत्व देशमा भएपछि कसर देश अगाडी बढ सक्छ ।’

हामीले छिमेकमा रहेको आर्थिक शक्तिबाट फाईदा लिन चुक्न नहुने उनको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?