माओवादी सचिव आचार्यको अवस्थ बुझ्न प्रधानमन्त्री प्रचण्ड अस्पतालमा

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा माओवादी केन्द्रका सचिव डिलाराज आचार्यको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन् ।

बिहीबार बिहान उपचाररत नेता आचार्यको स्वास्थ्य अवस्था बुझ्न माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड वीर अस्पताल पुगेका हुन् ।

पार्टीको कार्यक्रमका लागि अछाम पुगेका बेला नेता आचार्य एकाएक बेहोस् भएपछि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । अहिले उनको स्वास्थ्यवस्था सुधारोन्मुुख रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?