सामाजिक सञ्जालमा धार्मिक सद्भाव भड्काउने पोष्ट नगर्न कांग्रेस महामन्त्री थापाको माग

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले धार्मिक, सामाजिक तथा सांस्कृतिक सदभाव प्रतिकुल प्रभाव पार्ने सामग्रीहरु सामाजिक सञ्जालमा प्रयोगकर्तालाई अपील गरेका छन् ।

देशका विभिन्न ठाउँमा सामाजिक तथा धार्मिक द्धन्द फैलाउने घटना घटन थालेपछि महामन्त्री थापाले सामाजिक सञ्जालमा लेख्दै सो कुरा बताएका हुन् ।

त्यस्तै यदी सामाजिक हिंसा भड्काउने तथा सामाजिक विद्धेश फैलाउने अभिष्टले सामाजिक सञ्जालमा भ्रामक, कपोकल्पित तथा भ्रामक सूचना फैलाउने षडयन्त्रप्रति उत्तेजक नहुन तथा स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई खबर गरी सहयोग गर्न आग्रह गरेका छन् ।

‘धार्मिक, सामाजिक तथा सांस्कृतिक सदभाव, सहिष्णुता तथा सहअस्तित्वमा प्रतिकूल प्रभाव पर्ने विचार, सामग्री, फोटो, भिडियो पोष्ट नगर्न सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई हार्दिक अपिल गर्दछु ।’ उनले भनेका छन्, ‘यदि हिंसा भड्काउने तथा सामाजिक विद्वेष फैलाउने अभीष्टले सामाजिक सञ्जालमा भ्रामक, कपोलकल्पित, उत्तेजक र द्वेषपूर्ण विचार व्यक्त गरेमा त्यस्तो षड्यन्त्रप्रति उत्तेजित नहुन तथा स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई खबर गरी सहयोग गर्न पनि सविनय अनुरोध गर्दछु ।’

देशका विभिन्न स्थानमा धार्मिक द्धन्द मच्चाउने खालका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?