पेरुका प्रधानमन्त्री सेजार भिल्लानुभाद्वारा राजीनामा

एजेन्सी । पेरुका प्रधानमन्त्री सेजार भिल्लानुभाले राजीनामा दिएका छन् । मुलुकमा बढेको भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न नसकेको भन्दै चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री सेजारले राजीनामा दिएका हुन् । 

पेरुको राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा प्रधानमन्त्रीले राजीनामा दिएको जनाइएको छ । 

प्रधानमन्त्री सेजारले यसअघि सन् २०१३ देखि २०१४ सम्म दुई वर्ष र सन् २०१८ मा दोस्रो पटक प्रधानमन्त्री भएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?