वीरगञ्जका उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न दुई भारतीय पक्राउ

पर्सा । वीरगञ्जका उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न दुई भारतीयलाई पर्सा प्रहरीले शुक्रवार राती पक्राउ गरेको छ ।

भारतसँग सीमा जोडिएको पर्साको छिपहरमाइ गाउँपालिका वडा नम्बर ५ भिस्वाबाट दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भारतको रक्सौलका बब्लु पासवान र राजहर्नाहीका विजयकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय पर्साले  जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?