एमसीसी एक्जुकेटिभ डाइरेक्टरसँग मन्त्री ज्वालाले भने–‘एमसीसी कार्यान्वयनमा शंका गर्नुपर्दैन’

लोकपथ
77
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वभौम संसद र सरकारले निर्णय गरेको एमसीसी परियोजना कार्यान्वयमा शंका नगर्न आग्रह गरेका छन् ।

नेपाल भ्रमणमा रहेकि एमसीसी एक्जुकेटिभ डाइरेक्टर एलेक्स अलवाइड र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनसँगको भेटमा मन्त्री ज्वालाले परियोजना कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका हुन् ।

‘नेपाल सरकार र सार्वभौम संसदले एमसीसी परियोजना पास गरिसकेको छ, परियोजनाको सफल कार्यान्वयनमा नेपाल सरकारले कुनै कमी गर्नेछैन’ अमेरिकी पक्षसँग मन्त्री ज्वालाले भने ‘परियोजनामा केही समस्या छन् तर ठिक समयमा शुरु गरेर ठिक समयमा निर्माण सकेपछि अहिले अब्जिएका कतिपय समस्याहरु आफै हल भएर जानेछन् ।’

एमसीसी एक्जुकेटिभ डाइरेक्टर एलेक्स अलवाइडले एमसीसी परियोजना कार्यान्वयन भए आफु आफ्नो देश पनि खुसी हुने बताए । ‘एमसीसी परियोजना कार्यान्वयनको चरणमा म नेपाल आएकि छु, नेपाल सरकारको सकारात्मक धारणाले म खुसी पनि छु’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?