फागुन २४ गतेका १८ ट्रेन्डिङ समाचार, दुनियाँमा दिनभर के भयो  ? एक क्लिकमा थाहा पाउनुहोस्

 

WWW.LOKPATH.COM  अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।  आज मिति २०७५ साल फागुन २४ गते देश दुनियाँमा के–के घटना भए  ?  जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर  LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा  LOKPATH TV  लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 
 

1. सरकार र स्वतन्त्र मधेश गठबन्धनको राजनीतिक सहमतिको कार्यक्रममा जे सुनियो :   शुक्रबार राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमको आयोजना गरि सरकार र स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतबीच राजनितिक सहमतिको घोषणा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र गठबन्धनका तर्फबाट संयोजक राउतले ११ बुँदे सहमति पत्रमा हस्ताक्षर गरे । बाँकी समाचारको लागि हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् । 

2. अपहरणमा परेकी प्रदेश सांसद मल्ल फेला : विप्लव समूहका कार्यकर्ताले अपहरण गरेको सुदूरपश्चिम प्रदेशसभा सदस्य देवकी मल्ल फेला परेकी छिन् । 
उनलाई बझाङको केदारस्युँ गाउँपालिका ५ बगडीपाउटा भन्ने ठाउँमा फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रविण धितालले जानकारी दिए । उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले एक्लै भएको अवस्थामा फेला पारेको हो । बाँकी समाचारको लागि हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् । 

 

3. सीके राउतले भने, ‘हामीलाई राजनीतिक स्पेस प्रदान गर्नुभएकोमा केपी ओलीलाई धन्यवाद’ :  स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतले आफूहरुलाई राजनीतिक स्पेश प्रदान गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । राजधानीमा आयोजित राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै राउतले  ०६९ जेठ ८ गते पत्रकार सम्मेलन गरेर आफूले  स्वराज आन्दोलनको घोषणा गरेको स्मरण गर्दै आफूले सँधै शान्तिपूर्ण आन्दोलनमा होमिएको बताए । बाँकी समाचारको लागि हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् । 

 

4. रेशम प्रकरणमा राजपालाई ओलीले दिए उखानबाटै जवाफ, ‘खिसियानी बिल्ली खंभा नोचे’
प्रधानमन्त्री केपी शर्मा ओलीले रेशम प्रकरणमा राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाललाई जवाफ दिँदै बिरालो रिसायो भने मान्छेलाई चिर्थोन नसकेर थाममा चिथोरेर आक्रोश नियन्त्रण गरे जस्तै राजपाका नेताहरुले गरेको टिप्पणी गरेका छन् । बाँकी समाचारको लागि हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् । 

 

5. सरकार र सीके राउतबीच ११ बुँदे सहमति (पूर्ण पाठसहित) :  सरकार र र स्वतन्त्र मधेश गठबन्धनका संयोजक  सीके राउतबीच ११ बुँदे सहमति भएको छ । 
सहमतिसँगै अब सरकारले राउतलाई लोकतान्त्रिक दलको मान्यता दिएको छ भने सिकेले छुट्टै मधेसको अभियान छाड्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले ११ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् । बाँकी समाचारको लागि हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् । 

 

6. विप्लव माओवादीलाई लुटेरा नाम राख्न प्रधानमन्त्रीको आग्रह, नामै तोकेर रिसाए : प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव माओवादीलाई लुटेरा नाम राख्न आग्रह गरेका छन् ।राजनीतिक सहमती घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लवले सञ्चालन गर्ने नेकपाका नाममा लुटपाट हत्या हिंसा धाक धम्कि भएको भन्दै नेकपाको नाम हटाएर लुटेरा राख्न आग्रह गरेका हुन् ।बाँकी समाचारको लागि हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् । 

 

7. थप अधिकारका लागि सङ्घर्ष गरौँ स् महिला नेत्री :  विभिन्न राजनीतिक दलका नेत्री तथा महिला सांसदहरुले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि सम्पूर्ण महिला एकजुट हुनुपर्नेमा जोड दिएका छन् । १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस ९८ मार्च० को सन्दर्भमा यहाँ आज आयोजित साक्षात्कारमा सांसद उमा रेग्मीले राज्यका हरेक संरचनामा व्यावहारिक रुपमा महिलाको समान सहभागिताको माग गरे ।बाँकी समाचारको लागि हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् । 

 

8. सन्दर्भ नारी दिवस, न्याय नपाएका यी नारी :  केही शताव्दी अगाडि समाजमा महिलाहरु पुरुषभन्दा कमजोर मानिन्थे । यद्यपि, महिलाहरुले समान अधिकारका लागि संघर्ष गरे ।  विश्वव्यापी रुपमा समाजमा र घरमा पनि । तर आज विश्व परिवेशलाई नियाल्ने हो भने पनि केहि देशको मुख्य नेतृत्व माहिलाहरुले गरिहेका छन् । असल र उदाहरणीय ढङ्गबाट ।बाँकी समाचारको लागि हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् । 

 

9. प्रधानमन्त्रीले सीके राउतको प्रशंसा गर्दै भने, असाधारण निर्णय क्षमता :  प्रधानमन्त्री केपी शर्मा ओलीले सीके राउतको मुक्तकण्ठले प्रशंसा गरेका छन् । उनले सीके राउतको निर्णय क्षमता असाधरण रहेको पनि बताए । राजधानीमा शुक्रवार आयोजित राजनीतिक सहमति समारोहलाई सम्बोधन गर्दै ओलीले राउतमा असाधारण निर्णय क्षमता आफूले देखेको बताए । बाँकी समाचारको लागि हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् । 

 

10. प्रधानमन्त्रीको अगाडी भाषण गर्दै  यसो भने सीके राउतले :  सरकार र र स्वतन्त्र मधेश गठबन्धनका संयोजक  सीके राउतबीच ११ बुँदे सहमति भएको छ । सहमतिसँगै अब सरकारले राउतलाई लोकतान्त्रिक दलको मान्यता दिएको छ भने सीकेले छुट्टै मधेसको अभियान छाड्नेछन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा ुबादलु र राउतले ११ बुँदे सहमति पत्रमा हस्ताक्षर गरे ।बाँकी समाचारको लागि हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् । 

 

11.  निर्मला बलात्कारपछि हत्या प्रकरण  : अनिता बमद्वारा वकिल र पत्रकारमाथि मुद्दा दायर
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा मुछिएकी बविता भनिने अनिता बमले जिल्ला अदालत कञ्चनपुरमा आफूलाई अनावश्यक गाली बेइज्जत गरेको भन्दै मुद्दा दायर गरेकी छिन् । बाँकी समाचारको लागि हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् । 

 

12. पूर्व कप्तान जमुना र रेफ्रि बिना सम्मानित :  १ सय ९ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला राष्ट्रिय टिमकी पूर्व कप्तान जमुना गुरुङ सम्मानित भएकी छिन् । अखिल नेपाल फुटबल संघले पूर्व फुटबलर जमुना गुरुङ र फिफा एसिस्टेन्ट रेफ्रि बिना श्रेष्ठलाई सम्मान गरेको हो । महिला फुटबलमा टिममा पु(याएको योगदानको कदर गर्दै जमुनालाई ‘एन्फा’ सम्मान गरेको हो ।बाँकी समाचारको लागि हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् । 

 

13. सरकारद्वारा साढे ५३ हजार कर्मचारी समायोजन :  सरकारले साढे ५३ हजार कर्मचारी समायोजन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साढे ५३ हजार कर्मचारी समायोजन गरिसकेको जानकारी दिएको हो ।बाँकी समाचारको लागि हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् ।  

14. रौतहटमा बलात्कारको घटना बढ्दो, १४ वर्षीया बालिकाको सामूहिक बलात्कार :  रौतहटमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । रौतहटमा तीनदिनयता भएको बलात्कारको यो दोस्रो घटना हो ।  जुगरा नगरपालिका २ स्थित जंगलसैया साझेदारी वन क्षेत्रमा बिहीवार दिउँसो १४ वर्षीय बालिकामाथि सामूहिक बलात्कार भएको हो । बाँकी समाचारको लागि हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् । 

15. २१ तस्वीरमा हेर्नुहोस् मोडर्न कन्याका छात्राहरुले सोधे, सरकार पोल पोलमा, बलात्कार बढ्यो टोल टोलमा ! भिमसेनगोला पुरानो बानेश्वरमा रहेको मोडर्न कन्या मल्टिपल कलेजले १ सय ९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्मान कार्यक्रम र -याली आयोजना गरेको छ । पाँच सय छात्रा अध्ययनरत सो कलेजले मार्च ८ को अवसरमा महिला हिंसा बन्द गर, छोरीहरुलाई सम्मान गर, निर्मला पन्तलाई न्याय देउ, दण्डहीनता मौलायो, सरकार किन बौलायो ? बाँकी समाचारको लागि हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् । 

 

16. पुरुष भन्दा तेज थिइन् यी महिला त्यसैले रोकियो प्रतिस्पर्धा   : नेपालमा मात्रै नभएर विश्वमा नै महिलालाई पुरुषको तुलनामा कमजोर मानिन्छ । विशेषतः शारीरिक रुपमा वा बल प्रयोग हुने क्रियाकलापहरुमा ।महिलाको क्षमतालाई आँकलन गर्न मात्र नभएर उनीहरुलाई अवसर दिने कुरामा पनि कन्जुस्याइँ गरेको घटनाहरु बग्रेल्ती छन् हाम्रो समाजमा । बाँकी समाचारको लागि हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् । 

 

17. भारतमा लडाकू जेट विमान दुर्घटना : भारतमा मिग—२१ नामक लडाकू जेट विमान दुर्घटनाग्रस्त भएको छ । भारतीय वायु सेनाको सो विमान नियमित उडानका क्रममा राजस्थानमा शुक्रवार दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जानकारी दिएका छन् । बाँकी समाचारको लागि हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् । 

 

18. पाकिस्तानी नागरिकको लागि अमेरिकी भिसा अवधिमा कटौती : अमेरिकाले पाकिस्तानी नागरिकलाई दिदैं आएको भिषा नीतिमा परिवर्तन गरेको छ । अब अमेरिकाले पाकिस्तानलाई दिने भिषाको अवधि मात्र ३ महिनाको रहेको छ । यसअघि अमेरिकाले पाकिस्तानलाई पाँच वर्षको भिषा दिदै आइरहेको थियो । बाँकी समाचारको लागि हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?