समितिले सरकारलाई दिएको निर्देशन, आधा मात्रै कार्यान्वयन

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सरकारलाई दिएको निर्देशन आधा मात्रै कार्यान्वयन भएको गुनासो गरेको छ ।

आइतबार समिति सभाकक्षमा बसेको बैठकले समिति सभापति सहित सदस्यहरुले सुदूरपश्चिम प्रदेशमा सम्पन्न गरेको कार्यक्रमको समिक्षा तथा समितिबाट सरकारलाई समय समयमा दिइएका निर्देशनहरुको कार्यान्वयन अवस्था सम्बन्धमा गरेको छलफलमा समितिका सभापति माया प्रसाद शर्माले निर्देशन पालना नभएको प्रति असन्तुष्टि पोखे ।

समितिको वार्षिक प्रतिवेदन तयारी सम्बन्धमा भएको छलफका क्रममा सभापति शर्माले हालसम्म सरकारलाई समितिले २९ वटा निर्देशन दिएपनि कार्यान्वयन भने आधा मात्रै भएकोे बताए ।

उनले भने, ‘निर्देशन दिएको २९, कार्यान्वयन भएको १४, आशिंक कार्यान्वयन भएको निर्देशन संख्या २, कार्यान्वयनको चरणमा रहेको ४ र कार्यान्वयन भए नभएको विवरण नै नदिएको निर्देशन संख्या ९ वटा छ ।’

उनले उक्त निर्देशनको कार्यान्वयनको अवस्था सम्बन्धमा शिर्षकसहित मन्त्रालयगत रुपमा प्रतिवेदनमै उल्लेख गर्ने र सदनमा जानकारी गराउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?