सुशासन नभए जनतामा अनुशासन हुँदैन : अर्जुननरसिंह केसी

लोकपथ
28
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राजनीतिबारे जनताका बीचमा अराजकताको मानसिकता जन्मेको बताए ।

बुधबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा उनले आम रुपमा उत्पन्न असन्तुष्टिलाई राज्यले जसरी गम्भीर रुपमा लिनुपर्ने हो, त्यो लिन नसकेको बताए ।

‘सरकार मात्र नभई राजनीतिक पार्टीहरुप्रति समग्र रुपमा परिस्थिति निराशाजनक छ’ नेता केसीले भने, ‘आम रुपबाट जुन असन्तुष्टि छ, त्यसलाई राज्यले गम्भीर रुपमा लिनुपर्छ । राज्यमा सुशासन भएन भने जनतामा अनुशासन हुँदैन ’

उनले पार्टी विधिसम्मत् चलेन भने कार्यकर्ताहरु अराजक हुने र त्यही खालको राष्ट्रिय परिस्थिति देखिन थालेको बताए ।

सबै राजनीतिक दलहरुले राज्यको अहिलेको स्थितिबारे सोच्नुपर्ने केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?