उपभोग नै नगरेको विद्युतको शुल्क तिर्नु बाध्य गराउन हुँदैन : लिङदेन

लोकपथ
119
Shares

काठमाडौं । सार्वजनिक लेखा समितिका सदस्य राजेन्द्र लिङदेनले उपभोग नै नगरेको विद्युतको शुल्क तिर्नु बाध्य गराउन नहुने बताएका छन् ।

बुधबार सार्वजनिक लेखा समितिको बैठकमा उनले यस्ता समस्यालाई प्राथमिकतामा राखेर टुङगो लगाउन आवश्यक भएको बताए ।

‘डेडिकेटेड लाइनको बारेमा राजस्व असुल्नै बाँकी छ भनिएको छ । त्यो असुली हुने हो कि होइन त्यो आफ्नो ठाउँमा छ तर त्यसलाई आम्दानी देखाएर प्राधिकरणलाई धेरै नाफामा गएको संस्थाको रुपमा स्थापित गरिएको छ’ लिङदेनले भने, ‘सँगसँगै त्यो नआउने पैसाको कर समेत प्राधिकरणले तिरिरहेको छ । यसको टुङगो लगाउन जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?