दशैँमा किन धेरै वस्तुहरुको कृत्तिम अभाव हुन्छ ? निगरानी गरौं : गोकुल बाँस्कोटा

लोकपथ
63
Shares

काठमाडौं । सार्वजनिक लेखा समितिका सदस्य गोकुल बाँस्कोटाले दशैँका बेलामा धेरै वस्तुहरुको कृत्तिम अभाव हुने भएकाले निगरानी गर्नुपर्ने बताएका छन् ।

बुधबार सार्वजनकि लेखा समितिको बैठकमा उनले पर्वका बेला हुने अभाव वास्तविक हो कि होइन भन्नेमा ध्यान दिनुपर्ने बताए ।

‘पर्वमा हामीलाई चाहिने चिनी करिब २ लाख ४० हजार मेट्रिक टन हो । तर समस्या केमा छ भने हाम्रो देशको चिनी उत्पादक पनि उही, आयातकर्ता पनि उही र सहुलियत लिने पनि उही हुन्छ । यो कुरा सिन्डीकेट छ । त्यो सिन्डिकेट कसरी तोड्न सकिन्छ । राज्यले के पहल गर्छ । यो आजसम्म नसल्टेको विषय हो’ बास्कोटाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?