एमाले बागमती अध्यक्षमा जुटेन सहमति, ६ बजेसम्म मनोनयन दर्ताको समय

लोकपथ
154
Shares

काठमाडौं । एमाले बागमती प्रदेशको अध्यक्षमा सहमति जुटाउने प्रयास असफल भएको छ । बुधबार बिहान अध्यक्ष मण्डलले प्रदेश कमिटी अध्यक्ष पदका आकांक्षीहरुसँग गरेको सहमतिको प्रयास असफल भएको हो ।

दुवै टोलीले उम्मेदवारी दिने अडानबाट पछि नहटेपछि मतदान हुने भएको हो ।

आज बुधबार दिउँसो ३ बजे मनोनयन फारम वितरण गरिने र ४देखि६ बजेसम्म मनोनयन दर्ताको समय राखिने र ७ बजे मनोनयन प्रारम्भिक नामावली प्रकाशन गरेर ८ बजे उम्मेदवार अन्तिम नामावली प्रकाशन गरिने नेकपा एमालेका नेता शेर बहादुर तामाङले लोकपथलाई जानकारी दिए ।

त्यस्तै, भोलि ११ गते बिहिबार बिहानदेखी मतदान सुरु हुने पनि नेता तामाङले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?