दासका भिजन नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ : मन्त्री महतो

लोकपथ
0
Shares

काठमाडौं । वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले डा. गौरीशङ्कर लाल दासको भिजनलाई सिकेर आउने पुस्तामा कसरी हस्तान्तरण गर्न आवश्यक रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित दिव्य शताब्दी पुरुष डा. गौरीशङ्कर लाल दास जन्म शताब्दी वर्ष २०८० अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले दासले गरेको काम दिएको उपदेश र भिजनलाई आत्मासाथ गर्दै आउने पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताए ।

उनले भने, ‘उहाँले जुन उपदेश दिनुभएको छ । उहाँको जुन भिजन छ, त्यसबाट हामीले सिकेको कुराहरूलाई अब आउने पुस्तामा कसरी हस्तान्तरण गर्ने सोच्नुपर्छ ।’ उनले दासको देशप्रतिको योगदान अतुलनीय रहेको बताए ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शत पुरुषलाई १०० वर्षको जन्मदिनको उपलक्ष्यमा शुभकामना दिन पाउनु अत्यन्तै गौरवको क्षण भएको बताए ।

उनले भने, ‘शत पुरुषलाई १०० वर्षको जन्मदिनको उपलक्ष्यमा शुभकामना दिन पाउनु अत्यन्तै गौरवको क्षण हो, म उहाँप्रति सम्मान व्यक्त गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?