भुक्तानी तथा फर्स्यौट ऐन विपरित कार्य गरेको भन्दै मोहर डिजिटलको अनुमती खारेज

लोकपथ
70
Shares

काठमाडौं । भुक्तानी तथा फर्स्यौट ऐन विपरित कार्य गरेको भन्दै मोहर डिजिटलको अनुमती खारेज भएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सुचना सार्वजनिक गर्दे सोमबार देखि नै कार्यान्यनमा आउने गरी उक्त कम्पनीको अनुमती खारेज गरेको जानकारी दिएको हो ।

अनुमती खारेज सम्वन्धी राष्ट्र बैंकले सार्वजनिक गरेको पत्रमा भनिएको छ, यस बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्ने गरी मिति २०७६/०६/३० मा अनुमतिपत्रप्राप्त मोहर डिजिटल प्रा.लि. ले भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ३६ को खण्ड (छ) र (ज) बमोजिमको कसुर गरेको देखिएकोले भुक्तानी तथा फस्र्यौट विनियमावली (प्रथम संशोधन, २०८०), २०७७ को विनियम ३५ कोखण्ड (ग) को व्यवस्था बमोजिम उक्त संस्थाको अनुमतिपत्र खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरुको प्रयोग गर्ने ग्राहकहरुसँगको कुनै दायित्व बाँकी रहे सम्बन्धित संस्थामा सम्पर्क गर्नुहुन समेत यसै सूचनाद्वारा अनुरोध गरिन्छ, राष्ट्र बैंकले पत्र मार्फत सार्वजनिक रुपमा भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?